पोखरामा २० सहित गण्डकी प्रदेशमा फेरि ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५ जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि हुनेमा स्याङ्जाका १, तनहुँका २, कास्कीका २०, नवलपुर ५, लमजुङका १६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यस भन्दा अघि पनि पोखरामा आजै ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ७ की २५ वर्षीया महिला, ८ का ५६ वर्षीय पुरुष तथा वडा नम्बर १० की २८ वर्षीया महिला, १७ का ३८ वर्षीया १ जना महिला तथा २४ र २५ वर्षीय २ पुरुष, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष हुन् ।
त्यस्तै, पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ३ जना बिरामीहरु ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।
चरक मेमोरियल अस्पतालमा उपचाररत २ जना बिरामीहरु ७० वर्षीया महिला तथा ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।
त्यस्तै, पोखरा ५ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पत्रकार हुन् । पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा २४ र २५ वर्षीय २ जना पुरुष हुन् । यस्तै, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो