पोखराका २८ सहित गण्डकी प्रदेशमा फेरि ३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो विज्ञप्ति अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २ जिल्लाका ३२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा कास्कीका २८, तनहुँका १, स्याङ्जा ३ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा ५ का २१ वर्षीय पुरुष, ६ का ७१ वर्षीय पुरुष, ७ का ३६ वर्षीय पुरुष, ८ का ५५ वर्षीय पुरुष, १५ का ४५ वर्षीय पुरुष, १६ का ३ वर्षीया बालिकासहित १७, २६, २७, ३३, ३९, ५०, ५५ र ७७ वर्षीया महिलाहरु तथा ५ वर्षीय बालकसहित १९, २८, ३२, ५३ र ५९ वर्षीय पुरुष र १७ का ३५, ३६, ३७ र ४१ वर्षीय पुरुष तथा २१ र ६१ वर्षीया महिला रहेका छन ।
स्याङ्जामा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित भीरकोट तथा वालिङका हुन् ।
तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ब्यास नगरपालिका वडा नम्बर ४ का २० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।
आज बिहान समेत पोखरामा २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ८०१ पुगेको छ ।

सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो