करेन्ट लागेर मृत्यु भएको श्रेष्ठको परिवारलाई थापाद्वारा ५० हजार सहयोग

करेन्ट लागेर मृत्यु भएको श्रेष्ठको परिवारलाई थापाद्वारा ५० हजार सहयोग

Pitambar Thapa Help Subash Stha Family

तनहुँ । करेन्ट लागेर मृत्यु भएका व्यास-४ का सुबास श्रेष्ठको परिवारलाई पिताम्बर थापाले आर्थिक सहयोग गरेका छन् ।

गत साउन २१ गते बुधबार श्रेष्ठको व्यास-१ विज्ञानचौरमा करेन्ट लागेर मृत्यु भएको थियो । पिताम्बर थापाको घरमा वर्ल्डलिंकको इन्टरनेट जोड्ने क्रममा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको थियो ।

मृतक श्रेष्ठ वर्ल्डलिंक इन्टरनेट दमौली शाखामा कार्यरत थिए । कार्यक्षेत्र मै काम गर्दा गर्दै श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको थियो ।

पिताम्बर थापाका छोरा हेम बहादुर थापा र बुहारी मन्जिला थापाले जापानबाट उक्त आर्थिक सहयोग गरेका हुन् । उक्त रकम पिताम्बर थापाले बिहिबार श्रेष्ठको परिवारलाई उनकै घरमा गएर हस्तान्तरण गरेका हुन् ।

‘परिवारको अवस्था साह्रै जटिल रहेछ ।’ थापाले भने ‘मृतक श्रेष्ठका बुबा पनि मृगौला पीडित रहेछन ।’ उनले थपे ‘सुबासको साना साना २ छोरा रैछन उनीहरुको लागी केहि सहयोग होस् भनेर सानो सहयोग गरेका हौ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds