आइतबार बिहानै पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार बिहानै पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि

Pokhara Mahendrapul

Photo: Sanjay Shakya

आइतबार बिहानै  पोखराका २१ सहित गण्डकीमा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ६२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका ३६, कास्कीका २१, लमजुङका ५ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. ४ का २९ वर्षीय पुरुष, वडा नं. ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं. ८ का ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, वडा नं. १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिका, वडा नं. १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, वडा नं. १६ की ३३ वर्षीया महिला, वडा नं. १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. २० की ८९ वर्षीया महिला, वडा नं. २२ की २७ वर्षीया महिला, वडा नं. ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ