जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा लागुऔषध र सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा लागुऔषध र सवारी ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

police-arrest

सांकेतिक तस्विर

पर्वत – जिल्ला प्रहरी कार्यालय पर्वतले लागुऔषध कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फलेवास नगरपालिका-२ ठापाठाना बस्ने ३७ वर्षीय रुबेन क्षेत्री रहेका छन् ।

जिल्ला अदालत कास्कीको २०६६ जेठ ८ गतेको फैसलाले लागुऔषध कसूर मुद्दामा १ वर्ष १० महिना ६ दिन कैद सजाय ठहर भइ फरार रहेका क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी कार्कीनेटा पर्वतबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

यसैगरी सवारी ज्यान कसूर मुद्दामा फरार प्रतिवादी कुश्मा नगरपालिका-१० पिपलटारी बस्ने ५७ वर्षीय चन्द्र बहादुर केसीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत धादिङको २०५४ असार १७ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ हजार रुपैयाँ जरिवाना र २ महिना २२ दिन कैद सजाय ठहर भइ फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले कुश्मा नगरपालिका-७ खरेयाबाट फेला पारी पक्राउ गरेको हो ।

पक्राउ दुइजनालाई नै जिल्ला अदालत पर्वतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds