सिद्धार्थ राजमार्ग अन्तर्गत जिल्लाको भिरकोट नगरपालिका वडा नं १ बयरघारी दार्सिङमा शुक्रबार अपराह्न स्कूल बसको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यू भएको छ ।
वालिङबाट हेलु तर्फ जाँदै गरेको पाईनियर हाईएर एजुकेसन एकेडेमी स्कुलको ग. १ क. ४३७० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग. १३ प. २८१४ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ
प्रहरीका अनुसार घाइते भएका दुवै जनालाई उपचारको लागि कालिका सामुदायिक अस्पताल हेलु लगिएको थियो ।
स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले बस चालक भीरकोट निवासी ५६ वर्षीय गंगाबहादुर गुरुङलाई नियन्त्रणमा लिइएको छ ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते