गण्डकीमा कोभिड अपडेटः आज पनि पोखरामा एकको मृत्यु, ११९ थपिँदै कोरोना संक्रमितको संख्या ४६ सय १७, पोखरामा ४३ थप

गण्डकीमा कोभिड अपडेटः आज पनि पोखरामा एकको मृत्यु, ११९ थपिँदै कोरोना संक्रमितको संख्या ४६ सय १७, पोखरामा ४३ थप

Gandaki covid corona 1
गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ६ सय १७ पुगेको छ ।आज मात्रै गण्डकीमा ११९ जनामा कोरोना पुष्टि भएको छ, पोखरामा ४३ जना थपिएका छन् ।पोखरामा शुक्रबार कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट शुक्रबार बिहान  ज्यान गएको हो ।वृद्धलाई विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी तथा झाडापखालाको समस्या देखिएको थियो ।वृद्धको बुधबार स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा बिहीबार कोरोना पुष्टि भएको थियो । हिजो पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत  ८३ वर्षीय वृद्धको  मृत्यु भएको थियो ।
पछिल्लो चौथो विज्ञप्ती अनुसार गण्डकी प्रदेशको तनहुँ जिल्लामा शुक्रवार ९ जना बैंकका कर्मचारीसहित थप १७ जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वस्थ्य निर्देशनालयका अनुसार तनहुँको शुक्ला गण्डकी ७ का ३४ वर्षीय पुरुष तथा व्यासका ५ वटा वडाका २६ देखि ५१ वर्षका उमेर समुहका ९ जना पुरुष र २१ देखि ४० वर्ष उमेर सुमहका ७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
तनहुँ व्यासको प्रभु वैंकमा कार्यरत व्यास २ का ३ पुरुष र एक महिला, व्यास १ का एक पुरुष र एक महिला, व्यास ४ की एक महिला, व्यास २ माछापुच्छ्रे बैंकका कार्यरत २८ वर्षीय पुरुष र व्यास २ का नगरपालिकामा कार्यरत आइटी अफिसरमा कोरोना संक्रमण पुष्टि भएको हो ।
तेस्रो विज्ञप्ती अनुसार पोखरामा थप ११  जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्तिमा कास्की, तनहुँ र म्याग्दीका थप २८ जना संक्रमित थपिएको उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा १ का २९ वर्षीय पुरुष तथा २४ र २७ वर्षीया महिला, पोखरा ५ का ३८, ४१ र ४७ वर्षीय पुरुष, ८ का ६ र १६ वर्षीय वालक, पोखरा ९ का २२ वर्षीय पुरुष,पोखरा १७ का ३५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका ५ का ४१ वर्षीय पुरुष तथा ९ का २२ वर्षीय पुरुष रहेका छन ।
तनहुँमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । व्यास-१ का ३७, व्यास-२ का ५३ र १२ र व्यास-४ का २७ र व्यास-५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी व्यास-१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।त्यसैगरी, म्याग्दीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, शुक्रबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्तिमा कास्कीको पोखराका ८  सहित गण्डकी प्रदेशमा थप ३९ जना संक्रमित थपिएको उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नम्बर ३ का ५० वर्षीया महिला, वडा नम्बर ४ का ३७ वर्षीय पुरुष, ११ का ५५ वर्षीय पुरुष, १२ का ३७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पोखरा महानगरपालिका वडा नम्बर १४ का ४० र ४३ वर्षीय २ जना पुरुष, वडा नम्बर १७ का ४५ तथा १८ का २२ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।
स्याङ्जा वालिङ नगरपालिकाका थप २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बाग्लुङमा जिल्लाको बरेङ ४ का १७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नम्बर ६ का १५ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लाको बन्दिपुर गाउँपालिका र शुक्लागण्डकी नगरपालिकामा शुक्रबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
जिल्लाको बन्दिपुर गाउँपालिकाका ५ जना र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । बन्दिपुर-१ का ४२ र १८ वर्षीय पुरुष र २२ वर्षीया महिला, ३ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै बन्दिपुर-२ की २३ वर्षीया महिलामा समेत कोरोना पुष्टि भएको छ ।
यसैगरी, शुक्लागण्डकी-४ का ३२ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ३२ र ३९ वर्षीय पुरुष र त्यस्तै ३२ वर्षीया महिलामा कोरोना पुष्टि भएको भएको निर्देशनालयले जनाएको छ । यस्तै शुक्लागण्डकी-६ का ४१ वर्षीय पुरुष र शुक्लागण्डकी-८ का २३ वर्षीयपुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।म्याग्दीमा १जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित मालिका ५ की ३५ वर्षीया महिला हुन् ।
यस्तै, विहानै पोखरामा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भयो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा वडा नंं ५ का ३२ वर्षीय पुरुष, वडा नं ८ का ५५ वर्षीया महिला , वडा नं ९ का ४४ वर्षीया महिला, वडा नं २७ का ३६ वर्षीय पुरुष, वडा नं २९ का २५, ४३ ४६ र ६० वर्षीय पुरुष, वडा नं ३० का ३८ वर्षीय पुरुष, वडा नं ३१ का ६० वर्षीय पुरुष, वडा नं ३२ का १६ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ र ८१ वर्षीय पुरुष, चरक अस्पताल नागढुंगामा उपचाररत ४७, ६०, ६६, ७८ र ८५ वर्षीय पुरष, २५, ४९, ५५ र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै न्यूरोड स्थित पद्यम नरसिङ होमका कार्यरत ६२ वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा शुक्रबार ५ जना कोरोना सङ्क्रमित थपिएका हुन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-२ का ४२ र ५९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास-४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास-२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।
त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । २ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन । त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन । क्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।
नवलपरासी (ब.सु.पू) मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कावासोती २ का ४५ तथा ८ का ५१ वर्षीय पुरुष रहेका छन् ।
गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ८ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ