बैंकका कर्मचारी र व्यास नगरपालिकाका कर्मचारीसहित तनहुँका १७ जनामा कोरोना पुष्टि

बैंकका कर्मचारी र व्यास नगरपालिकाका कर्मचारीसहित तनहुँका १७ जनामा कोरोना पुष्टि

Vyas Nagarpalika

तनहुँ । तनहुँमा १७ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको व्यास नगरपालिकाका १६ र शुक्लागण्डकी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

व्यास-१ की २९ वर्षीया महिला र ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै व्यास-२ की २१ वर्षीया महिला र २७, २७, २९, २८ र २६ वर्षीय पुरुषमा संक्रमण भएको छ ।

व्यास-३ की ३८ वर्षीया महिला र २६, ५१, ४३ वर्षीया पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै व्यास-४ की ३८, ३८ वर्षीया महिला तथा व्यास-५ की ४० र ३८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै शुक्लागण्डकी-७ का ३४ वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्य ८ जना प्रभु बैंक दमौलीमा कार्यारत कर्मचारी हुने भने १ जना माछापुच्छ्रे बैंकका कर्मचारी हुन ।

त्यस्तै व्यास नगरपालिकाका आइटि अफिसर हुन । शुक्लागण्डकी-७ का संक्रमित कैदीबन्दि हुन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ