पोखरामा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्तिमा अनुसार कास्की, तनहुँ र म्याग्दीका थप २८ जना संक्रमित थपिएको उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा- १ का २९ वर्षीय पुरुष तथा २४ र २७ वर्षीया महिला, पोखरा ५ का ३८, ४१ र ४७ वर्षीय पुरुष, ८ का ६ र १६ वर्षीय वालक, पोखरा ९ का २२ वर्षीय पुरुष,पोखरा १७ का ३५ वर्षीय पुरुष तथा ३२ वर्षीया महिला, माछापुच्छ्रे गाउँपालिका ५ का ४१ वर्षीय पुरुष तथा ९ का २२ वर्षीय पुरुष रहेका छन ।
तनहुँमा थप ११ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण भेटिएको छ । व्यास-१ का ३७, व्यास-२ का ५३ र १२ र व्यास-४ का २७ र व्यास-५ का २८ वर्षका पुरुषमा संक्रमण देखिएको छ ।
यसैगरी व्यास-१० का ८ वर्षका बालक र ३४ वर्षका पुरुष र सोही वडाका २८ र ४० वर्षीया महिला कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यसैगरी ३८ वर्षका पुरुष प्रहरीमा पनि संक्रमण भेटिएको निर्देशनालयले जनाएको छ ।
योसँगै तनहुँमा संक्रमित बिहीबार २७ जना संक्रमित पुगेका छन् । संक्रमितमध्ये एक जना व्यास हस्पिटलका डाक्टर हुन । त्यस्तै अर्का एक जना वकिल हुन भने अर्का एक स्थानीय हुन । ७ जना संक्रमित विदेशबाट आएका हुन ।
त्यसै गरि म्याग्दीमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार ६ सय पुगेको छ ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते