पोखरामा थप २४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सुक्रबार स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थप २४ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा वडा नंं ५ का ३२ वर्षीय पुरुष, वडा नं ८ का ५५ वर्षीया महिला , वडा नं ९ का ४४ वर्षीया महिला, वडा नं २७ का ३६ वर्षीय पुरुष, वडा नं २९ का २५, ४३ ४६ र ६० वर्षीय पुरुष, वडा नं ३० का ३८ वर्षीय पुरुष, वडा नं ३१ का ६० वर्षीय पुरुष, वडा नं ३२ का १६ र ३८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा उपचाररत ४२ र ८१ वर्षीय पुरुष, चरक अस्पताल नागढुंगामा उपचाररत ४७, ६०, ६६, ७८ र ८५ वर्षीय पुरष, २५, ४९, ५५ र ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । त्यस्तै न्यूरोड स्थित पद्यम नरसिङ होमका कार्यरत ६२ वर्षीय चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ सुन्दरबजार नगरपालिका ३ जनालाई संक्रमण पुष्टि भएको छ ।
तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा शुक्रबार ५ जना कोरोना सङ्क्रमित थपिएका हुन । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
व्यास-२ का ४२ र ५९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै व्यास-४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास-२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।
त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । २ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन । त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन । क्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।
नवलपरासी (ब.सु.पू) मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको कावासोती २ का ४५ तथा ८ का ५१ वर्षीय पुरुष रहेका छन् ।
गोरखामा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको पालुङटार ८ का ४० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४ हजार ५३३ पुगेको छ ।


सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो