आइपीएल: हैदराबादको सहज जित, पन्जाब ६९ रनले पराजित

आइपीएल: हैदराबादको सहज जित, पन्जाब ६९ रनले पराजित

sunrises hydrabad

हैदराबादको पन्जाबमाथि सहज जित

दुबईमा बिहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको पन्जाब १६ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो ।

पन्जाबका लागि निकोलस पुरनले ७७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यसबाहेक पन्जाबका सिमरन सिंह र केएल राहुलले ११–११ रन जोडे ।

हैदराबादका राशिद खानले ३ विकेट लिए । यस्तै खलिल अहमेद र टी नटराजनले २र२ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २ सय १ रन बनाएको थियो ।

हैदराबादका लागि ओपनरद्वय जोनी बेयरस्टो र कप्तान डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । बेयरस्टो ९७ रनको अर्धशतकीय इनिङ्स खेल्दा वार्नरले ५२ रनमा आउट भए । पहिलो विकेटका लागि बेयरस्टो र वार्नरले १ सय ६० रनको साझेदारी गरेका थिए ।

यस्तै अविशेक शर्माले १२ रन जोड्दा केन विलियम्सन २० रनमा अविजित रहे बनाए । पन्जाबका रबि बिश्नोईले २ विकेट लिए । आर्शदिप सिंहले २ तथा मोहमद शामीले १ विकेट लिए । जितसँगै हैदराबादले ६ खेलमा ६ अंक जोडेको छ । हैदराबाद तालिकाको तेस्रो स्थानमा समेत उक्लिएको छ ।

पन्जाबको यो पाँचौ हार हो । ६ खेलमा २ अंक जोडेको पपन्जाब पुछारमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ