नेपालमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान

नेपालमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान

mausam

बंगालको खाडीमा चक्रवात विकसित हुँदै गएकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसमविद्ले जनाएका छन् ।

उक्त चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए ।

उक्त चक्रवात उत्तरतर्फ सरेको खण्डमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षाको सम्भावना रहेको उनले बताए । तर, यसको अवस्था के हुन्छ भन्ने शनिबारसम्म थाहा हुने उनले बताए ।

बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावलै नै अझै मनसुन निस्क्रिय भइनसकेको महाशाखाले जनाएको छ ।

उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज पनि देश १ का केही स्थानमा हल्का वर्षाको पूर्वानुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १ बाहेकका क्षेत्रमा आजको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds