विदेशमा राम्रो जागिर लगाइदिने भन्दै ४९ लाख ठगी, एकजना पक्राउ

विदेशमा राम्रो जागिर लगाइदिने भन्दै ४९ लाख ठगी, एकजना पक्राउ

arrest

सांकेतिक तस्बिर

काठमाडौं – माल्टा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी नगद ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरी बराहक्षेत्र नगरपालिका-९ प्रकाशपुर बस्ने ३२ वर्षीय सुरज राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उक्त नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds