गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाका २ जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। पुतलीबजार ६ का ६६ वर्षीय थमन गुरूङ र २० वर्षीय सुजन गुरूङ २ वटा भरुवा बन्दुकसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरुवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स-साना पाता, ५ थान केप, १५६ वटा स-साना काचो सिसा र सुजनको घरबाट एकथान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।
दुबै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरेको छ। योसँगै साउनदेखि यता (३ महिनामा) इजाजत नलिएका अबैध रुपमा घरमा राखिएका ८ वटा भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
स्याङ्जा आईसीसी प्रथम भलिबल कप : पुतलीबजार र विरुवाको विजयी सुरुवात
मुस्ताङमा इन्टरनेशनल माउण्टेन आर्ट फेस्टिभल
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना