पोखरामा कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु

पोखरामा कोरोना संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु

paschimaanchal hospital pokhara

पोखरामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत वृद्धको आज मृत्यु भएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट आज बिहान १० बजेर ४३ मिनेट जाँदा ज्यान गएको हो ।

असोज १३ गते कोरोना पुष्टि भएपछि केन्द्रको आइसियुमा भर्ना भएका थियो । मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज्, तथा मृगौलाको रोगबाट ग्रसित थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा कोरोना संक्रमणबाट ज्यान गुमाउने उनी ११ औं संक्रमित रहेको प्रतिष्ठानले जानकारी दिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ११, नवलपुरका ८, गोरखाका ७, तनहुँका ५, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १-१ जना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds