गएराती पोखराको बुलौंदीमा मोटरसाइकल दुर्घटना, स्याङ्जा बिरुवाका गुरुङको मृत्यु

गएराती पोखराको बुलौंदीमा मोटरसाइकल दुर्घटना, स्याङ्जा बिरुवाका गुरुङको मृत्यु

Road-Accident

पोखरा – गएराती पोखराको बुलौंदीस्थित सडक डिभाईडरमा मोटरसाइकल ठक्कर खाँदा एक व्यक्तिको मृत्यु भएको छ ।

हल्लनचोकबाट जिरोकिलोमिटर तर्फ जाँदै गरेको ग १६ प ५०६ नम्वरको मोटरसाइकल राती अन्दाजी १ :३० बजेको समयमा पोखरा महानगरपालिका -६ बुलौंदीस्थित डिभाईडरमा ठक्कर खाँदा स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका ८ घर भइ हाल पोखरा -१५ नयाँगाउँ बस्दै आएका दिलिप गुरुङको मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्युजलाई जानकारी दिए ।

हमालका अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडकको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । टाउको र छातीमा गम्भीर चोटलागेका गुरुङलाई सोही स्थानमा खटिएका प्रहरी निरीक्षक रामभक्त भट्टराईको कमाण्डमा खटिएको प्रहरीको टोलीले तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगेपनि उपचारका क्रममा राती २:३५ बजे उनको मृत्यु भएको थियो ।

गुरुङका आफन्तका अनुसार खाना खाइसकेपछी हावा खान भन्दै कोठाबाट निस्किएका उनी ट्याक्सीलाई ओभरटेक गर्ने क्रममा नियन्त्रण गुमाउँदा डिभाईडरमा ठोक्किन पुगेका हुन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रवक्ता हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds