टिम नेपो तनहुँद्वारा मानहुँकोट सरसफाई (तस्वीरहरु)

टिम नेपो तनहुँद्वारा मानहुँकोट सरसफाई (तस्वीरहरु)

IMG_20201007_151224

तनहुँ । तनहुँको व्यास-५ मा रहेको पर्यटकीय स्थान मानहुँकोटमा सरसफाई गरिएको छ । बुधबार बिहान टिम नेपो तनहुँले मानहुँकोटमा सरसफाई गरेको हो ।

व्यास नगरपालिकासंगै तनहुँ जिल्ला कै पर्यटकीय गन्तव्यको रुपमा विकसित भईरहेको मानहुँकोट अहिले आन्तरिक र बाह्य पर्यटकले गर्ने फोहोरका कारण कुरुप बन्दै गईरहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै क्लबले बुधबार सरसफाई गरेको टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमल्सिनाले बताए ।

मानहुँकोट वरपर भएको फोहोर सफाई गरिएको कार्यक्रम संयोजक उमेश पौडेलले बताए । उक्त कार्यक्रमको प्रमुख अतिथि व्यास-५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठ रहेका थिए ।

सो अवसरमा वडाअध्यक्ष श्रेष्ठले सरसफाईमा स्थानीय आफै जागरुक भएर लाग्नुपर्ने बताए । त्यस्तै बाहिरबाट मानहुँकोट जाने आन्तरिक तथा बाह्य पर्यटकले आफुले लगेको सामाग्रीबाट निस्कने फोहोरको व्यवस्थापन गर्नेपर्ने वडाअध्यक्ष श्रेष्ठले बताए ।

फोहोरको थुप्रोले मानहुँकोटको सुन्दरता घटाउने हुँदा सरसफाई गरेर सफा मानहुँकोट राख्न सरसफाई गरिएको क्लबका निवर्तमान अध्यक्ष सुजन लौडारीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds