एजेन्सी । अमेरिकाको एक संस्थाले अहिले कोरोना भाइरस कोभिड १९ हावाबाट फैलिरहेको बताएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले गरेको एक अध्ययनले अहिले हावाबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढी फैलिरहेको देखाएको हो । सिडिसीले सोमबार हावाबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्ने पुष्टि सहितको रिर्पोट सार्वजनिक गरेको छ ।
सीडीसीका अनुसार कोरोना भाइरस धुवाँजस्तो लामो समयसम्म हावामा रहन सक्ने भएकाले यसको संक्रमण फैलिरहेको उल्लेख गरेको छ । संक्रमितको मुखबाट निस्केका एरोसेलहरू ६ फिट पर हावाको माध्यमबाट सजिलै पुग्न सक्ने र अन्य व्यक्तिमा फैलिने तथ्य पहिले नै सार्वजनिक भइसकेको थियो ।
अमेरिकी वैज्ञानिकहरूको एक समूहले सोमबार मेडिकल जर्नल अफ साइन्समा प्रकाशित गरेको अध्ययनअनुसार पछिल्लो समय संक्रमितको नजिकबाट भन्दा पनि हावाबाट संक्रमण बढी फैलिरहेको हो । संक्रमणबाट बच्न भौतिक दूरी कायम गरिएकाले संक्रमणको दर घट्नुपर्ने भए पनि तुलनात्मक रूपमा बढिरहेकाले पनि हावालाई नै संक्रमितको प्रमुख माध्यम मानिएको छ ।
अनुसन्धानका अनुसार हावामा रहेका भाइरस केही सेकेन्डदेखि केही घन्टासम्म बाँच्न सक्छन् । र, हावाको माध्यमबाट दुई मिटर वा सोभन्दा बढी यात्रा गर्न सक्छन् । हावामा रहेका भाइरस उडेर इन्डोर वा कम भेन्टिलेसन भएका स्थानसम्म पुग्न सक्छन्, जुन अन्य व्यक्तिका लागि जोखिमपूर्ण हुन्छन् ।
पछिल्लो समय हजारौं संक्रमितले श्वास फेर्दा वा हाछ्यँु गर्दा निस्कने एरोसेलले हावामा लाखौँको संख्यामा भाइरस हुन सक्ने र सावधानी नअपनाउँदा सजिलै स्वस्थ व्यक्तिमा सर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
अध्ययनका अनुसार, एकचोटि खोक्दा कम्तीमा तीन हजार र हाछ्युँ गर्दा ३० हजारभन्दा बढी पानीका थोपाहरू निस्कन्छन् । जुन हावामा मिसिन्छन्, हावाको गति बढी भएमा छोटो समयमा परसम्म पुग्न सक्छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने