गण्डकीमा कोरोना अपडेटः थप २ जनाको मृत्यु, मृतक संख्या ३६ पुग्यो, आज पोखराका २९ सहित गण्डकीमा ७२ जना थपिए

गण्डकीमा कोरोना अपडेटः थप २ जनाको मृत्यु, मृतक संख्या ३६ पुग्यो, आज पोखराका २९ सहित गण्डकीमा ७२ जना थपिए

Gandaki covid corona 3

गण्डकी प्रदेशमा मंगलबार बिहान कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुर जिल्ला, कावासोती(५ का ७७ वर्षीया कोरोना संक्रमित महिलाको मंगलबार बिहान ०३ः४५ बजे चितवन मेडिकल कलेज, चितवनमा सघन उपचार कक्षमा उपचारको क्रममा मृत्यु भएको छ । असोज १६ गते अस्पताल भर्ना भएकी महिला असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी पिसाब तथा स्वाशप्रस्वास सम्बन्धि उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् ।

त्यसैगरी गोरखाको बारपाक सुलिकोट– ६ की ४५ बर्षीया कोराना संक्रमित महिलाको पनि ज्यान गुमेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । बयोधा अस्पताल काठमाडौंमा उपचारका क्रममा ति महिलाको १५ असोजमा ज्यान गुमेको थियो । ति महिलामा किड्नीको समस्या रहेको जनाइएको छ ।

यस्तै, आज पोखराका २९ जना सहित गण्डकी प्रदेशमा ७२ जना (२ मृतकसहित) संक्रमित थपिए । गण्डकीमा कूल संक्रमितको संख्या ४३ सय ९ पुगेको छ ।

आज बिहानै गण्डकीमा ४ जना नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा र बिपी. कोईराला स्मृति क्यान्सर अस्पताल, चितवनमा गरिएको परीक्षणमा गण्डकी प्रदेशमा ४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी तनहुँ व्यास नगरपालिक–३ का २३ वर्षीय पुरुष, व्यास २ की ७० वर्षीया महिला, नवलपुर कावासोतीका ४८ वर्षीय पुरुष र देवचुलीकी ४८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

दोस्रो विज्ञप्ती अनुसार पोखरा महानगरपालिकाका ६ सहित मंगलवार दिउसो गण्डकी प्रदेशमा २१ जना नयाँ कोरोना संक्रमति थपिएका छन ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ५ वटा वडाका ६ जना सहित प्रदेशमा २१ नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन । पोखरा वडा नं १ का १८ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ८ का ३३ वर्षीय पुरुष, १० का ५२ वर्षीय पुरुष र ७५ वर्षीया महिला र वडा १७ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यसै गरी स्याङजा चापाकोट वडा नं ६ का २६ वर्षीय पुरुष, तनहुँ व्यास की ३० वर्षीय महिला, देवघाट ५ की ३८ वर्षीया महिला, नवलपुर गैडाकोट २ का ३९ र ४१ वर्षीया महिला, ३४, ३८ र ४२ वर्षीय पुरुष, ४ का ४८ वर्षीय पुरुष, ११ का २७ वर्षीय पुरुष, वडा १३ का ३३ वर्षीय पुरुष र वडा नं १५ का ६९ वर्षीय पुरुष, मध्यविन्दु वडा नं १० का ३९ वर्षीय पुरुष, कावासोती २ का ३९ वर्षीय पुरुष र गोर्खा सिरानचोक ३ का २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

पोखरामा थप २३ जना संक्रमित पुष्टी भए । तेस्रो तथा अन्तिम अद्यावधिक विवरण अनुसार पोखराका २३ सहित गण्डकी प्रदेशमा नयाँ ४५ जना संक्रमित थपिएका हुन् ।

पोखरा महानगरपालिका वार्ड नं २८, १७, १०, २५, ९ का क्रमशः ३१, ३७, ३३, ४८, २३, ३४, ४२ वर्षीय संक्रमितहरु र गोरखा जिल्लाका दुवैजना संक्रमित भारतबाट आएका हुन् । त्यस्तै, वार्ड नं ७ का ४५ र ३७ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।

अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिंग मार्फत पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । त्यस्तै, लमजुङमा १३, पर्वतमा २ र तनहुँमा ५ जना संक्रमित पुष्टी भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds