प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ राख्‍ने प्रस्ताव बहुमतले पारित

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी भालुवाङ राख्‍ने प्रस्ताव बहुमतले पारित

1601977511-pGjCk

प्रदेश ५ को छैठौ अधिवेशनको ३१ औ वैठकले मंगलवार स्थायी राजधानी र प्रदेशको नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ । प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भएपनि अन्तत स्पष्ट दुई तिहाई वहुमतवाट राजधानीको केन्द्र तय भएको छ । राजधानी दाङ जिल्लाकोको देउखुरी उपत्यका क्षेत्रको पक्षमा ६९ मत र बिपक्षमा १३ मत परेको सभामुख पूर्ण बहादुर घर्तीले बताउनु भयो ।

यो सङगै प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्र कायम भएको छ । प्रदेश सभामा मंगलबार भएको राजधानीको प्रस्तावको मतदानमा ८२ जना सांसदले सहभागिता जनाउनु भएको थियो ।त्यस्तै गरि प्रदेशको नामाकरण लुम्बिनी राख्ने पक्षमा ७९ जनाले र ४ जनाले विपक्षमा मतदान गरेका छन ।

प्रदेश सभामा संम्बिधानको धारा २८८को उपधारा २ वमोजिम प्रदेशका कानुनमन्त्री कूल प्रसाद केसीले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र संविधानको धारा २९५ को उपधारा २ वमोजिम प्रदेशको नामाकरणको यही असोज १६ गते शुक्रवार प्रस्ताव सभामा पेस गर्नु भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ