बीरगंज – समयमै मल ल्याउन नसकेको भन्दै आलोचना खेपिरहेको सरकारले साल्ट ट्रेडिङ कम्पनी मार्फत ल्याएको मल दोस्रोपटक पनि भिजेको अवस्थामा बीरगंजको अलौस्थित सुख्खा बन्दरगाहको ड्राइपोर्टमा आइपुगेको छ ।
यसअघि आएको ५० हजार बोरा मल भिजेको अवस्थामा प्राप्त भएकोमा सरकारले यसपाली पनि खरिद गरेर ल्याएको मल भिजेकै अवस्थामा आइपुगेको हो ।
भिजेको मलका बारेमा साल्ट ट्रडिङ्ग कम्पनीले आफूहरुलाई पूर्व जानकारी नभएको भन्दै तर्किन खोजेका छन् ।,भने आपूर्तिकर्ताले सुख्खा बन्दरगाहमा मल ल्याएपनि औपचारिक रुपमा ह्याण्डओभर नगरेकोले भिज्नु, कम गुणस्तरयुक्त हुनु सबै आपूर्तिकर्ताको जिम्मा भएको साल्ट ट्रेडिङ्गको दाबी छ ।
सरकारले अहिले आयात गरेको डीएपी मल अब हिउँदे बालीलाई मात्रै काम लाग्दछ । सिजन नै नभएको डीएपी मल अहिले आएको छ । बजारमा माग भएको युरिया मल अहिलेसम्म आउन सकेको छैन । किसानलाई युरिया मल आपूर्ति गर्नुको साटो साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले काम नलाग्ने डीएपी मल त्यो पनि गुणस्तरहिन भिजेको अवस्थामा आयात गरेको छ । मलको आशा गरेर बसेका लाखौँ कृषकहरु पुनः निरास बनेका छन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने