बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादी गुरुङ पोखराको अर्मलाबाट पक्राउ

बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादी गुरुङ पोखराको अर्मलाबाट पक्राउ

arrested

सांकेतिक तस्विर

पोखरा – बैदेशिक रोजगार ठगी केशका फरार प्रतिवादीलाई झन्डै ९ वर्ष पछि कास्की प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १६ अर्मला बस्ने ४० वर्षीय हेम प्रसाद गुरुङ रहेका छन् ।

२०६८ साल साउन ८ गते  बैदेशिक रोजगार ठगी केशमा कास्की जिल्ला अदालतको फैसलाले गुरुङलाई लगत नं : १२६२ मा दुई बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना तोकेकोमा प्रतिवादी गुरुङ हालसम्म फरार रहेका थिए ।

गुरुङलाई प्रहरीको टोलीले मंगलबार बिहान ८ :५ बजेको समयमा सोही स्थानबाट पक्राउ गरी आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds