देशभर थप १,५५१ जना कोरोना संक्रमित भेटिए, ९ जनाको मृत्यु

देशभर थप १,५५१ जना कोरोना संक्रमित भेटिए, ९ जनाको मृत्यु

corona death

आज देशभर थप १ हजार ५५१ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै, कूल संक्रमितको संख्या ९० हजार ८१४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घण्टा २ हजार ३४० जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या ६७ हजार ५४२ जना पुगेको छ ।

देशभर ११ हजार ४७ जनाको पीसीआर परीक्षणमा गरिएको थियो जसमा१ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको ओ । हाल देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेको गौतमले बताए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्। मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एकरएक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एकरएक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds