चाडपर्वमा खानपान: के खाने के नखाने ?

चाडपर्वमा खानपान: के खाने के नखाने ?

food-khaana-rice-7

चाडपर्वमा खानपानले बढी महत्व पाउने गर्छ। दसैँमा मासु, मदिरा र मिठाईको अत्यधिक प्रयोग गरिन्छ । तर, यसले हृदयघात, मस्तिष्कघात जस्ता रोगको सम्भावना बढाउने गर्छ ।

विशेषगरी मासुजन्य खानेकुरा, चिल्लो, गुलियो, नुनिलो, तारेका खानेकुरा, जंकफुड आदिको अत्यधिक प्रयोग स्वास्थ्यका दृष्टिकोणले लाभदायी मानिँदैन।

बढी चिल्लो र कोलेस्ट्रोलयुक्त खानेकुराले रक्तचाप, हृदयघात, मस्तिष्कघात र मुटुसम्बन्धी समस्या निम्त्याउँछ। त्यस्तै पेटसम्बन्धी समस्या, फुड पोइजन, अल्सर, युरिक एसिड, मोटोपनजस्ता रोग लाग्ने सम्भावना अधिक हुन्छ। त्यसैले चाडबाडमा रमाइलोसँगै हामीले खानपानमा पनि ध्यान दिनुपर्छ।

त्यसैले रातो मासु कम खाने, तारेको खानेकुरा नखाने, प्याकेट वा बोतलका जुस प्रयोग नगर्ने, चिनी घिउ र क्रिमको प्रयोग कम गर्ने र फलफूल र सागसब्जी धेरै खाने गर्नुपर्छ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds