गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार २ सय २ पुगेको छ ।पोखरामा सोमबार ३६ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा सोमबार बिहानै कास्कीको पोखरा महानगरपालिकाका ११ वटा वडाका २६ जना र नवलपुरका १ जना गरी थप २७ जनामा कोरोना देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा – ३ का २२, २३, २२ , २४ , २५, २६, २५, २७ , ३० र ३८ वर्षीय पुरुष, पोखरा ७ का २६ र २९ वर्षीय पुरुष, पोखरा १० का २८ र ६४ वर्षीय पुरुष, पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालय पोखरामा कार्यरत चिकित्सक पोखरा १२ का ३६ वर्षीय पुरुष, पोखरा ११ का २८ र ३० वर्षीय पुरुष, पोखरा १३ का ३६ वर्षीया महिला , पोखरा १४ का २२ वर्षीय पुरुष ,५२ वर्षीया महिला तथा फेवासिटी असपतालमा उपचाररत ५१ वर्षीय पुरुष , पोखरा १७ का २० वर्षीय पुरुष, पोखरा १९ का ५५ वर्षीय पुरुष, पोखरा २२ का २९ वर्षीय पुरुष, पोखरा ३० की ५१ वर्षीया महिला र पोखराका वडा नखुलेका ४९ वर्षीया महिला रहेको निर्देशनालयले जनाएको छ ।त्यसैगरी नवलपुर जिल्ला मध्यबिन्दु नगरपलिकाका २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
दोस्रो विज्ञप्ति अनुसार, दिउँसो पोखरा महानगर पालिकाका ७ वटा वडाका १० सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिए।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरका ७ वटा वडामा १० जना र तनहुँको आँवुखैरेनीका १ जना गरी ११ जनामा कोरोना पुष्टि भएको हो । पोखराको वडा नं ६ का १८ वर्षीया महिला, वडा नं ७ का १६ वर्षीय पुरुष र ७३ वर्षीया महिला, वडा नं ९ का ५३ वर्षीया महिला, वडा नं १० का १० वर्षीय वालक सहित ६८ वर्षीय पुरुष र ३३ वर्षीया महिला रहेका छन ।
त्यसैगरी पोखरा ११ का ४६ वर्षीय पुरुष, पोखरा १६ का ७२ वर्षीय पुरुष र पोखरा १७ का ५३ वर्षीय पुरुष रहेका छन भने तनहुँ आँवुखैरेनी वडा नं १ का २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
तेस्रो विज्ञप्तीमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गोरखा जिल्लामा सोमवार दिउसो ९ प्रहरी सहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
निर्देशनालयका अनुसार गोरखाको गोरखा नगर पालिका वडा नं ११ का नेपाल प्रहरीमा कार्यरत ९ जना र सोही नगर पालिका अन्य वडाका ८ सहित पालुंगटारका १ जना गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमा वडा नं ११ को वडा प्रहरी कार्यालय गोरखा १२ किलोमा कार्यरत २६–२६, २७, ३३–३३ र ३७ वर्ष उमेर समुहका ६ जना पुरुष प्रहरी र २६ र ३३ वर्षीया महिला प्रहरी रहेका छन भने जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत ४८ वर्षीय एक प्रहरीमा समेत कोरोना देखिएको छ ।
त्यसै गरि वडा नं ११ मा संक्रमित हुनेहरुमा ३ र १२ वर्षीय वालकहरु गोरखा १२ किलोमा वडा प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीका छोराहरु हुन । त्यस्तै सोही वडाका २२ र ५८ वर्षीय पुरुष तथा २५ र ४१ वर्षीया महिलामा कोरोना संक्रमण भएको छ ।अन्य संक्रमित हुनेहरुमा प्रहरी हिरासतमा रहेका वडा नं १० का ३० वर्षीय पुरुष, वडा नं १४ का ४४ वर्षीय पुरुष रहेका छन भने पालुंगटार वडा नं ९ का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, चौथो तथा अन्तिम विज्ञप्तिमा नवलपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बौदीकाली वडा नं. १, २ र ६ का १८ देखि ४९ वर्ष उमेरसमूहका ६ जना पुरुषमा कोरोना संक्रमण भएको हो ।
सम्बन्धित खबर
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करण फागुन ३ गते
कुनै पनि बहानामा सरकार ढल्दैन: अर्थमन्त्री पौडेल
प्रथम वालिङ् सिटि महोत्सव हुने
बागलुङका ११ हजार किशोरीलाई एचपीभी खोप दिइँदै
बागलुङका पूराना वामपन्थी नेता, पूर्वराज्यमन्त्री शर्माको निधन
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए