राजधानीको थापाथलीस्थित परोपकार प्रसूति गृहमा एक महिलाले ५ शिशुलाई जन्म दिएकी छन्। सोमबार नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएकी हुन्।
५ मध्ये चार शिशु जीवितै रहेको र एक शिशुको जन्म हुनुअघि नै मृत्यु भइसकेको अस्पतालले जनाएको छ। मृत भएका छोरा हुन् भने बाँकी सबै छोरीहरु । अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीको नेतृत्वमा शल्यक्रियामार्फत सोमबार बिहान मृतसहित ५ शिशु जन्मिएका थिए।
शल्यक्रियामा संलग्न चिकित्सक डा. सुवेदीका अनुसार शिशुको स्वास्थ्य सामान्य रहे पनि उनीहरुलाई एनआईसियूमा अब्जर्भेसनका लागि राखिएको छ। ४ शिशुमध्ये पहिलोको तौल १ किलो ९ सय ग्राम, दोस्रो १ किलो ८ सय ग्राम, तेस्रो १ किलो ६ सय ग्राम र चौथौको ८ सय ग्राम रहेको अस्पतालले जनाएको छ।
शल्यक्रियामा डा. सुवेदीको नेतृत्वमा डा. दीप्ति श्रेष्ठ, डा. नमिता सिङदेन थिए भने एनेस्थेसियामा डा. मुकेश कुमारले नेतृत्व गरेका थिए।त्यस्तै, नर्सिङ टिमको नेतृत्व रविना प्रजापतीले गरेकी थिइन् भने बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले बच्चाहरुको स्वास्थ्य अवस्था हेरिरहेकी छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो