आफ्नै भतिजीलाई करणी गरेको कसुरमा युवक पक्राउ

आफ्नै भतिजीलाई करणी गरेको कसुरमा युवक पक्राउ

rape-

प्रतिकात्मक तस्वीर

पोखरा – नाताले आफ्नै भतिजी पर्ने १४ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको समन्वयमा एक युवकलाई पक्राउ गरेको छ ।

कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार युवकले २०७६ साल पौष महिनाको २ गते राती अन्दाजी ९ :३० बजेको समयमा आफ्नै भतिजी नाता पर्ने १४ वर्षीया किशोरीलाई घरमा कोही नभएको अवस्थामा डर धम्की दिएर जबर्जस्ती करणी गरी गर्भ रहन गएकोमा गत भाद्र २९ गते किशोरीले छोरालाई जन्म दिएकी थिइन् ।

पक्राउ परेका युवक बिरुद्ध हाडनाता करणी कसुरमा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds