नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आठ वटा जिल्लाका ५ महिला र १४ पुरुष गरी १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा काठमाडौंमा मात्र ९ जनाको मृत्यु भएको छ । काठमाडौंमा मात्र ६ पुरुष र ३ महिला गरी ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । काठमाडौंमा ७६, ८१ र ८३ वर्षीया महिला, २६, ६५, ६७, ७८, ८१ र ९१ जना पुरुषको मृत्यु भएको छ ।
सुनसरीमा ५५ वर्षीय पुरुष, पर्सामा ६५ वर्षीया महिला, सर्लाहीमा ४२ र ६९ वर्षीय पुरुष, ललितपुरमा ३, ५५ र ७१ वर्षीय पुरुष, चितवनमा ६२ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीया महिला र नवलपरासी पूर्वमा ३६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यसअघि आइतबार नेपालमा ७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय ५४ पुगेको छ ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम