ला लिगा: बार्सिलोना बराबरीमा रोकियो, रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो

ला लिगा: बार्सिलोना बराबरीमा रोकियो, रियल म्याड्रिड शीर्ष स्थानमा उक्लियो

barcilona

स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाले बराबरी खेलेका छन्। आइतबार राति भएको खेलमा बार्सिलोना र सेभियाले १-१ गोलको बराबरी खेलेका हुन्।

खेलमा अग्रता भने सेभियाले लियो। उसका लागि डे जोङले आठौं मिनेटमा गोल गरे। तर बार्सिलोनाले दुई मिनेटपछि नै बराबरी गोल फर्काउन सफल भयो। त्यसपछि भने खेलमा कुनै गोल हुन सकेन।

लिगको अर्को खेलमा साविक विजेता रियल म्याड्रिडले लेभान्तेलाई २-० गोलले पराजित गरेको छ। रियलका लागि भिनिसियस जुनियरले १६ मिनेटमा पहिलो गोल गरेका थिए।

दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा करिम बेन्जिमाले रियलका लागि दोस्रो गोल गरेका थिए।

जितपछि रियल म्याड्रिड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। रियलले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानमा झरेको रियल बेटिसको ५ खेलबाट ९ अंक छ।

यता बार्सिलोना भने ३ खेलबाट ७ अंक जोडेर पाँचौ स्थानमा छ। छैटौं स्थानको सेभियाले पनि समान खेलबाट ७ अंक नै जोडेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ