मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुंगामुढा

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका छन् । काठमाडौंबाट भैरहवा हुँदै बुटवल आउने क्रममा राजमार्ग चौराहमा पोखरेल सवार गाडीमाथि कांग्रेसका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् ।

ढुंगाले लागेर गाडीको सिसा फुटेको छ । लगत्तै प्रहरीले हवाइ फायरसमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरीले ढुंगामुढा गर्ने एक दर्जन कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रदेश ५ को स्थायी राजधानी दाङ देउखुरी प्रस्ताव गरेलगत्तै नेपाली कांग्रेससहित बुटवलको पक्षमा रहेका यस क्षेत्रका संघसंस्था आन्दोलित छन् । कांग्रेससहित सञ्जालले आज रुपन्देही बन्दको आव्हान समेत गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ