गण्डकी प्रदेशमा आइतबार मात्र १ सय ६० कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा सर्वाधिक १०० जना सँगै प्रदेशका ७ जिल्लामा १ सय ६० संक्रमित थपिएका हुन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ४ हजार १ सय ७५ पुगेको छ । प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ८ सय ८२ पुगेको छ । प्रदेशमा आज ३७ जना डिस्चार्ज भएका छन् ।
पोखरामा मात्रै ४ जना थपिएका छन् । अन्तिम तथा पाँचौ विज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप ५६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा गण्डकी प्रदेशमा थप ५६ जनालाई संक्रमण पुष्टि भएको हो ।
नवलपरासी (ब.सु.पू) मा थप ३६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको गैंडाकोट, मध्यविन्दु तथा देवचुलीका हुन् । बाग्लुङका १५ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बाग्लुङ नगरपालिकाका हुन् ।
आज बिहानै ६ जिल्लामा ४३ कोरोना संक्रमित थपिएका थिए । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा दोस्रो विज्ञप्ति अनुसार थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
निर्देशनालयको तेस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा तनहुँका १, लमजुङका १ र कास्कीका ४ गरी ३ जिल्लाका ६ जनामा संक्रमण पुष्टि भएको हो । पोखराका वडा नं. ८ का २४ वर्षीय पुरुष, वडा नंं २६ का ४२ र ३५ वर्षका दुई पुरुष र पोखरा वडा नं. १० का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
निर्देशनालयको चौथो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तनहुँका ४ जना र नवलपुरका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरका ३६ वर्षीय युवक कोरोना कारण मृत्यु, गण्डकीमा मृतकको संख्या ३४ पुग्यो
नवलपुरका एक ३६ वर्षीय युवकको कोरोना संक्रमणकै बीच मृत्यु भएपछि गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
नवलपुरको विनय त्रिवेणी गाउँपालिका २ दुम्किबासका ३६ वर्षीय युवक १३ गते कोभिड १९ संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या लिएर भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए। उनले लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। हिजो साँझ उनको मृत्यु भएको भरतपुर अस्पतालबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।






सम्बन्धित खबर
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु