पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

death body corona

पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरुमध्ये १५९९ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका १३७३ जना, ललितपुरका १८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमित थप जनाको पछिल्लो २४ घन्टाभित्र मृत्यु भएको छ । मृत्यु हुनेमा महिला चारजना र पुरुष तीनजना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँके जिल्लामा एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ । काठमाडौं र ललितपुरका एक–एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।त्यसैगरी चितवन, मकवानपुर र कञ्चनपुरका एक–एक महिलाको निधन भएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

योसमेत देशभर हालसम्म संक्रमणबाट मृत्यु  हुनेको संख्या पाँच सय ३५ पुगेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds