तनहुँ सोतीबेँसी र लमजुङ सोतीपसल जोड्ने पक्की पुल निर्माण शुरु, ४ करोड बढी लागत

तनहुँ सोतीबेँसी र लमजुङ सोतीपसल जोड्ने पक्की पुल निर्माण शुरु, ४ करोड बढी लागत

bridge e

प्रतिकात्मक तस्वीर

तनहुँ र लमजुङ सिमाना रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो ।

पक्की पुल नहुँदा दुई जिल्लाका स्थानीयवासीलाई आवतजावतमा सास्ती भएको थियो । घण्टौँ हिँडेर आवतजावत गर्नुपर्ने बाध्यतामा रहेका स्थानियबासी पुल निर्माण सुरु भएसँगै खुशी भएका छन् । उनीहरुले समयमै पुल निर्माण सम्पन्न हुने आशा राखेका छन् ।

चार करोड १६ लाख ४५ हजार ८४० को लागतमा निर्माण हुने पुलको लम्बाइ ४० मिटर र चौडाइ ८.४ मिटर रहेको छ । सिङ्गल बिम पुल निर्माणका लागि  पाँच करोड ३५ लाख २६ हजार २०० को स्टिमेट गरिएको थियो । पुल निर्माणका लागि वि.सं. २०७७ असार ७ गते सम्झौता भएको थियो । वि.सं. २०७८ पुस ७ गतेभित्र पुल निर्माण सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिए ।

गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा निर्माण हुने उक्त पुलको शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास गरे। मन्त्री बस्नतेले प्रदेश सरकारले पूर्वाधार निर्माणका लागि जोड दिएको बताउँदै गुणस्तरीय पुल निर्धारित समयमै सक्न सम्बन्धित पक्षलाई निर्देशन दिए ।

गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङले चुनावको बेला गरेको प्रतिबद्धताबमोजिम पक्की पुल निर्माण शुरु भएको बताउँदै स्थानीयवासीको वर्षौँदेखिको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।

कार्यक्रममा मध्यनेपाल नगरपालिकाका उपप्रमुख राजकुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठलगायतले समयमै पुल निर्माण हुनुपर्नेमा जोड दिए ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ढुङ्गानाले डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी वाइएसएस हिम निर्माण सेवा जेभी काठमाडौसँग सम्झौता भएको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds