प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल र सूर्य थापालाई कोरोना संक्रमण

प्रधानमन्त्रीका सल्लाहकारहरु विष्णु रिमाल र सूर्य थापालाई कोरोना संक्रमण

Bishnu Rimal Surya Thapa

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थार्पालाई संक्रमण पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

रिमालले ट्वीटरमार्फत यस्तो जानकारी दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘हिजोको PCR परीक्षणबाट म मा पनि कोरोना- पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै माहानुभवले आफ़्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग़्रह गर्दछु।’

हिजो गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको थापाले जानकारी दिए । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds