प्रभु पेको क्युआरबाट ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

प्रभु पेको क्युआरबाट ग्यापुमा सपिङ गर्दा १० प्रतिशत क्यास ब्याक र मोबाइल टिभी सित्तैमा

IMG_20201002_193815

काठमाडौं । दशैंमा ग्यापुमा सामान किन्ने हरेक उपभोक्ताले एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबाइल टिभि) नि:शुल्क प्राप्त गर्ने भएका छन् ।

ग्यापुमा सपिङ गर्ने उपभोक्ताले प्रभु पेको मोबाइल वालेटबाट पैसा तिरेको खण्डमा १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक पाइने ग्यापुका संस्थापक ज्ञानेन्द्र खड्काले बताए। ग्यापुको दशैं तिहार धमाका अन्तर्गत दिइने क्यासब्याक २५ लाख बराबरको रहने बाताइएको छ ।

प्रभु पेले ग्यापुमा सपिङ गर्ने उपभोक्ता मध्ये हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकलाई एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने जनाएको छ । त्यस्तै दशै धमाकाको अन्त्यमा एक जना लक्की ग्राहकलाई प्रभु पेको तर्फबाट एउटा वासिङ मेसिन पाउने खड्काले बताए ।

ग्यापुको बेवसाइटबाट सपिङ अर्डर गर्दा प्रभु पेको वालेटबाट पैसा तिरेर वा सामान डेलिभरीको बेला पनि प्रभु पेको क्युआर कोड स्क्यान गरेर क्यास ब्याक लिन सकिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds