पोखराका थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका ३ जिल्लाका ९ पुरुष र २ महिला गरी ११ जनामा कोरोना देखिएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरा अनुसार पोखरा- ४ का ४८ वर्षीय पुरुष, पोखरा- ५ का २९ वर्षीय पुरुष र २९ वर्षीया महिला, पोखरा- ६ का ५९ वर्षीय पुरुष , पोखरा- ७ का ४९ वर्षीय पुरुष, पोखरा- १४ की २९ वर्षीया महिला, पोखरा – ३२ का ४७ वर्षीय पुरुष रहेका छन ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका २ जनालाई संक्रमण पुष्टि भएको छ । वालिङ नगरपालिका वडा नम्बर ५ का ३० तथा वडा नम्बर १४ का ४५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।
त्यसै गरी लमजुङ सुन्दरबजारका २५ र ४९ वर्षीय पुरुष तथा स्याङ्जा वालिङ ५ का ३० वर्षीय र १४ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३९८६ पुगेको छ ।
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते