च्याम्पियन्स लिग: मेसी र रोनाल्डो भिडन्त, कुन समूहमा कुन टिम परे ?

च्याम्पियन्स लिग: मेसी र रोनाल्डो भिडन्त, कुन समूहमा कुन टिम परे ?

messi ronaldo

युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र सार्वजनिक गरिएको छ। बिहीबार भएको ड्र अनुसार युरोपका ३२ क्लबलाई एक समूहमा ४-४ क्लब गरी ८ समूहमा विभाजन गरिएको छ। ड्रअनुसार क्रिस्टियानो रोनाल्डो र लिओनल मेसी एकअर्काविरुद्ध समूह चरणमा खेल्ने भएका छन्।

मेसी आबद्ध स्पेनिस क्लब बार्सिलोना र रोनाल्डो आबद्ध इटालियन क्लब युभेन्ट्स समूह जीमा सँगै परेका हुन्।


यस्तो छ समूह विभाजन

समूह ए -वायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, साल्जवर्ग, लोकोमोटिभ मस्को

समूह बी – रियल म्याड्रिड, शख्तर डोनेट्स्क, इन्टर मिलान, बोरुसिया मुन्छेनग्लाडबाख

समूह सी – एसी पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेलीसमूह डी – लिभरपुल, अयाक्स, एटलान्टा, मिटिजल्यान्ड

समूह ई – सेभिया, चेल्सी, क्रास्नोडर, रेनेस

समूह एफ – जेनिथ सेन्ट पिटर्सवर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब बर्ग

समूह जी – युभेन्ट्स, बार्सिलोना, डाइनामो किभ, फेरेनक्भारोस

समूह एच – पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल

समूह चरणका खेल आगामी अक्टोबर २० देखि हुनेछन्। पहिलो चरणमा अक्टोबर २०-२१ मा खेल हुनेछन्। यसैगरी अक्टोबर २८-२८, नोभेम्बर ३-४, नोभेम्बर २४-२५, डिसेम्बर १-२ र डिसेम्बर ८-९ समूह चरणमा खेल हुनेछन्।

समूह चरणमा हुने दुई लेगको खेलपछि प्रत्येक समूहबाट शीर्ष २ टिम गरी १६ टिम नकआउट चरणमा पुग्नेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds