पोखरा \ छोटो फिल्म ‘सोल्यूशन’ नेट टिभीको ‘ओटिटी प्लेटफर्म’मार्फत सार्वजनिक भएको छ । कोरियोग्राफिमा आफूलाई स्थापित गरिसकेका रोहन नेपालीले यो फिल्मको निर्माण अनि निर्देशन गरेका हुन् । फिल्ममा उनी आफैँले अभिनय समेत गरेका छन् ।
करिब ८ मिनेटको फिल्मले युवापुस्ताको प्रेम बिछोड अनि त्यसपछि उनीहरुले लिने गम्भिर प्रकृतिको निर्णयले जीवनमा पारेको असरको विषयलाई उठाएको छ । ‘युवापुस्ताको मनोदशालाई फिल्ममार्फत भन्न खोजेका हुँ । अहिले सामान्य कुरामा पनि युवापुस्ताले आफ्नो ज्यानै सम्म फाल्ने निर्णय लिईराखेका छन् । तर यो फिल्ममार्फत मैले सबै समस्याको समाधान हुन्छ । कुनै पनि निर्णय लिँदा हजारपटक सोँच बिचार गर्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ ।’ अभिनेता तथा निर्देशक नेपालीले भने ।
प्रेम बिछोडमा परेर आत्महत्या गर्ने गरेको घटना धेरै सुनिन थालेको छ । क्षणिक आवेशमा आएर सानै उमेरमा आत्महत्या गर्दा उनीहरुको परिवारमा ठुलो बज्रपात परेको उदाहरणहरु प्रशस्तै छन् । आत्महत्या दर दिनहुँ बढ्दो छ । ‘यस्ता घटनाहरु बढ्दै जानु भनेको समाजका लागि निकै घातक कुरा हो । त्यसैले यस बिषयमा सोँच्न आवश्यक छ भन्ने ठानेर मैले सानो प्रयास गरेको हुँ ।’ रोहनले भने–‘मैले भन्न खोजेको कुरालाई दर्शकहरुले पनि रुचाएका छन् ।’
चाँडै नै फिल्मलाई अन्य डिजिटल प्लेटफर्ममा पनि राखिने उनले बताए । सार्वजनिक फिल्मलाई अमित नेपालीले खिचेका हुन् । फिल्ममा रोहनसँगै विवेक गुरुङ, कञ्चन भुजेल र तारा शर्माको अभिनय रहेको छ ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध