गण्डकी प्रदेशमा आज बुधबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । पोखरामा ४२ दिने बालकसँगै ३० जनामा संक्रमण देखिएको छ । यससँगै संक्रमित संख्या ३ हजार ९ सय १० पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विज्ञप्ति अनुसार पोखरा महानगरका १३ वटा वडामा २७ सहित गण्डकी प्रदेशमा ४४ जना नयाँ कोराना संक्रमित थपिएका छन् ।
अनुसार पोखरामा वडा प्रहरी कार्यालय रामवजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षीय पुरुष तथा २२–२२ र २३ वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण देखिएको जनाएको हो । त्यसै गरि पोखरा वडा नं ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३० र ६५ वर्षीय पुरुष र ५५ वर्षीया महिला, वडा नं ८ का २५ वर्षीय पुरुष तथा वडा नं ९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै पोखरा वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं १२ का ४३ र ३९ वर्षीय पुरुष र २८ वर्षीया महिला, वडा नं १४ का ३८ वर्षीय पुरुष, वडा १५ का ८ वर्षीय वालक सहित २८ र ३७ वर्षीय पुरुष, वडा १६ का ३७ वर्षीय पुरुष, वडा नं १७ का २४ वर्षीय पुरुष, वडा नं १८ का ३४ वर्षीय पुरुष, वडा नं २७ की ४१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरि गोरखा आरुघाटका वडा १ का २६ वर्षीय पुरुष, नवलपुर कावासोती वडा नं ३ की ३६ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं ९ की १५ वर्षीया महिला र १२ वर्षीय वालक, वडा नं १४ की ४७ वर्षीया महिला, तनहुँको घिरिङ वडा नं ३ का २४ वर्षीय पुरुष, वडा ४ का १९ र २८ वर्षीय पुरुष, वागलुङ नगरपालिका नेपाली सेनामा कार्यरत ३३ र ३६–३६ वर्षीय पुरुष, नेपाल प्रहरीमा कार्यरत ४० वर्षीय पुरुष, वागलुङ वडा नं ११ का ३३ वर्षीय पुरुष, जैमिनी वडा नं ७ का ६१ वर्षीय पुरुष र ५२ वर्षीया महिला, लमजुङ राइनास वडा नं ७ का २२ वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यसअघि, पोखरामा ४२ दिनका बालक सहित ३ जनामा कोरोना कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले पोखरा ४ का २० घण्टाका नवजात बालक भनेर जानकारी दिएकोमा कोरोना पुष्टि भएका बालक २० घण्टाका नभई ४२ दिनका भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । त्यसैगरी, पोखरा २ का ६५ वर्षीय पुरुष तथा पोखरा २० का ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

आज बिहानै कास्कीको अन्नपूर्ण गाउँपालिकाका १ सहित गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
त्यस्तै नवलपरासी (ब.सु.पू) मा २८ जनालाई संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा जिल्लामा २८ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमित गैंडाकोट १ का ३ जना पुरुष, २ का ८ महिला सहित ६ जना पुरुष रहेका छन् ।
त्यस्तै वडा नम्बर ४ का १ महिला र २ जना पुरुष, ८ का १ महिला सहित ५ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । गैंडाकोट कै वडा नम्बर १३ र १४ का १र१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
यता गोरखाका १ जनालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको आरुघाट ९ का १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमित सबै जना कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएका हुन् ।

सम्बन्धित खबर
आत्मिक जागरणले मानवलाई समृद्धितर्फ उन्मुख गराउँछः प्रदेश प्रमुख भट्ट
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
नवग्रह मन्दिर अनुष्ठान तथा धार्मिक महोत्सव सम्पन्न
अर्जुनचौपारीमा नवग्रह भजनको भिडियो छायांकन गरियो
म्याग्दीमा भक्तजन सवार गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना गम्भीर
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु