कास्कीमा पहिलो पटक सक्रिय संक्रमितको संख्या ५ सय नाघेको छ । बुधबारसम्म कास्कीमा हालसम्म ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । गण्डकी प्रदेशका अन्य जिल्लामा क्रमशः संक्रमित संख्या घट्दै गएकोमा कास्कीमा भने संक्रमित दिनप्रतिदिन बढ्दै गएका हुन् ।
कास्कीमा कुल संक्रमित संख्या ९ सय ४४ रहेकोमा ३ सय ९४ जना निको भइसकेका छन् भने ११ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
गण्डकी प्रदेशका अन्य जिल्ला स्याङ्जा, बागलुङ, नवलपुर, तनहुँमा हाल सक्रिय संक्रमित संख्या घट्दो छ । स्याङ्जामा हाल १८ मात्र सक्रिय संक्रमित छन् । त्यहाँ कुल ३ सय ९८ जना संक्रमित भएका थिए ।
बागलुङमा मात्र ७१ जना सक्रिय संक्रमित छन् । त्यहाँ ३ सय ९६ जना संक्रमित पुगेका हुन् । त्यस्तै, नवलपुरमा ८ सय ९४ कुल संक्रमितमध्ये हाल २ सय ६२ सक्रिय केस छन् भने तनहुँमा ४ सय ३६ संक्रमितमध्ये ९४ मात्र सक्रिय केस छन् ।
लमजुङमा ६२, गोरखामा ५०, पर्वतमा ९, मनाङमा ४ र म्याग्दीमा १ जनामात्र सक्रिय केस छन् । मुस्ताङमा संक्रमित शून्य छ । गण्डकीमा हालसम्म ३३ जना संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन