पोखरामा फेरि थप २७ जनामा कोरोना संक्रमण भेटिएको छ । बुधबार स्वास्थ्य निर्देशनालयको तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका बिभिन्न वडाहरुमा गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा- १२ का ४३, ४९ वर्षीय पुरुष त्यस्तै २८ वर्षीया महिला, पोखरा- २७ का ४१ वर्षीया महिला, पोखरा- १६ का ३७ वर्षीय पुरुष, पोखरा- ४ का ३४ वर्षीय पुरुष, पोखरा-५ का २४ वर्षीय पुरुष, पोखरा- १० का ५७ वर्षीया पुरुष त्यस्तै ३२ वर्षीय महिला, पोखरा- ६ का ६५, ३० वर्षीय पुरुष त्यस्तै पोखरा- ४ का ५५ वर्षीय महिला, पोखरा- ९ का ३४ वर्षीया पुरुष, पोखरा- १४ का ३८ वर्षीय पुरुष, पोखरा- १८ का ३४ वर्षीया पुरुष, पोखरा- १७ का २३ वर्षीया पुरुष, पोखरा- ८ का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
त्यस्तै पोखरा महानगरपालिका स्थित वार्ड प्रहरी कार्यालय रामबजारमा कार्यरत ४ जना पुरुष र ३ जना महिलालाई कोरोना संक्रमण भेटिएको छ ।
यस अगाडि पोखरामा ४२ दिनका नवजात शिशु सहित ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यस्तै कास्की कै अन्नपूर्ण गाउँपालिकाका १ जनालाई समेत संक्रमण पुष्टि भएको थियो ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सँख्या ३९१० पुगेको छ ।


सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन