पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालक पक्राउ

पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालक पक्राउ

tanker

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना ४ ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए ।

नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताए । दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने छ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ