डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै

govinda-kc

काठमाडौं । विभिन्न माग राखेर अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रिन थालेको छ । अनशनको १५ औं दिनमा उनलाई छातिको दुखाई, रिंगटा लाग्नेलगायत विभिन्न स्वास्थ्य समस्याहरु देखिएको चिकित्सकले बताएका छन् ।

डा. केसीको हेरविचार गरिरहेको स्वास्थ्य टोलीका संयोजक डा. सुभाषप्रसाद आचार्यले विज्ञप्तिमार्फत उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।

विज्ञप्तिमा जनाइए अनुसार उनको रगतमा डब्लुबीसीको मात्रा अत्यन्त न्यून भएको छ भने ब्लड सुगर, सोडियम पोटासियम, म्याग्नेसियम, क्याल्सियम फोस्फोरस सबै न्यून भएका छन् । डा. केसीको पीसीआर रिपोर्ट नेगेटिभ आएको विज्ञप्तिमा जानकारी गराइएको छ ।

डा. केसीलाई उनको नशाहरु खुला गर्न आईभी नर्मल सलाइन दिइएको छ । अन्य कुनै पनि प्रकारका पदार्थहरु ग्रहण गर्न उनले अस्वीकार गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँको स्वास्थ्य अवस्थामा कुनै पनि समय उव्ल्लेख्य परिवर्तन आउन सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चाँडै नै सघन उपचार कक्षमा स्थानान्तरण गर्नुपर्ने हुन सक्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ