पोखराको महेन्द्रपुलबाट अवैध लागुऔषध सहित युवक पक्राउ

पोखराको महेन्द्रपुलबाट अवैध लागुऔषध सहित युवक पक्राउ

arrest

सांकेतिक तस्विर

पोखरा – पोखराको महेन्द्रपुलबाट अवैध लागुऔषध सहित एक युवक पक्राउ परेका छन् ।

लमजुङको मध्यनेपाल नगरपालिका वडा नं – ८ डढुआ घर भइ हाल पोखरा महानगरपालिका – ९ महेन्द्रपुल डेरामा बस्दै आएका २७ वर्षीय सन्तोष परियार अवैध लागुऔषध नुर्फिन ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन ८ एम्पुल र ट्रामाडोल १ हजार ८ सय ९० क्याप्सुल सहित आइतबार साँझ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

परियारले अवैध लागुऔषध खरिद तथा संकलन गरी पोखरा नगरक्षेत्रमा ओसारपसार एवं बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो पोखराबाट खटिएको टोलीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागुऔषध वरामद गरेको हो ।

पक्राउ परेका परियारमाथी थप अनुसन्धान भैरहेको ब्यूरोले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ