ग्राहकको स्वास्थ्य सुरक्षालाई ध्यान दिदैं सिभिल मल खुल्ला

ग्राहकको स्वास्थ्य सुरक्षालाई ध्यान दिदैं सिभिल मल खुल्ला

received_346176263263487

काठमाडौं ।  ग्राहकहरुलाई स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सिभिल मल ग्राहकहरुको लागि खुला गरिएको छ। स्वास्थ्य मापदण्ड अपनाउँदै सिभिल मल खुला गरिएको हो।

मल व्यवस्थापन समितिले सुरक्षित तरीकाले मल सञ्चालन गर्न नियमावली पनि तयार गरेको सिभिल मलका मार्केटिङ म्यानेजर अमीर ठकुरीले जानकारी दिए। ठकुरीका अनुसार ग्राहक र स्टोर प्रबन्धकहरूले मास्क लगाएर मल परिसरमा प्रवेश गर्नुपर्नेछ। उनीहरुले मलमा प्रवेश गर्नु अघि सेनिटाइजर लगाएर तापक्रम जाँच गराएर मात्र भित्र प्रवेश गर्न पाइनेछ।

मल खुल्नु अघि र मल बन्द भए पछि हरेक दिन डिसइन्फेक्ट गरिरहेको व्यवस्थापन समितिले जनाएको छ । मलले सामाजिक दूरी कायम गर्न-गराउन विभिन्न ठाउँमा ‘मार्क’ गरिएको छ। त्यस्तै मलको विभिन्न स्थानहरूमा सेनिटाइजर समेत राखिएको छ । खानेकुरा तर्फ मलले ग्राहकहरुका लागि हाइजिनिक टेक अवे प्रणालीको व्यवस्था गरेको ठकुरीले बताए।
प्रत्येक स्टोर प्रबन्धकले अनिवार्य रूपमा आफ्नो कर्मचारीलाई पुनः प्रयोग गर्न मिल्ने तथा सर्जिकल मास्कको व्यवस्था गर्नुपर्नेछ।

स्टोर प्रबन्धकले आफ्नो कर्मचारीलाई गुणस्तरीय सेनिटाइजर, सर्जिकल पञ्जा उपलब्ध गराउनु पर्नेछ। भौतिक दुरी कायम गर्नुपर्ने हरेक दिन कर्मचारी र ग्राहकको नाम र फोन नम्बर दर्ता (टिपेर) राख्नुपर्ने व्यवस्था गर्नु पर्नेछ। सफाई र सफाई वस्तुको रूपमा सफाई उपकरणहरू प्रत्येक स्टोरको लागि अनिवार्य गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ