बागलुङमा बाढीले बगाएका १५ अझै बेपत्ता, घरबास गुमाएका पीडित पालमै बस्न बाध्य

बागलुङमा बाढीले बगाएका १५ अझै बेपत्ता, घरबास गुमाएका पीडित पालमै बस्न बाध्य

badhi

बागलुङ ढोरपाटन नगरपालिका–९ को भूजी खोलामा गत भदौ १७ गते आएको बाढीले बगाएका १५ जना अझै बेपत्ता छन् । बाढीमा २२ जनाको मृत्यु भएको थियो । बाढीले एक सय ३१ घरमा क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । बेपत्तामध्येकी एक बालिका ढोरपाटनमा सकुशल फेला परेकी छन् ।

जसमध्ये ८० घर पूर्णरुपमा ध्वस्त भएका छन् भने ५१ घर आंशिक क्षति भएको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।बाढीले अवरुद्ध भएको बुर्तिबाङदेखि ढोरपाटन जोडिने सालझण्डी–ढोरपाटन सडक सञ्चालनमा आएको छ ।घरबास गुमाएका पीडित अहिले सडकमा पाल टाँगेर बसेका छन् भने केहीले आफन्तको घरमा आश्रय लिएका छन् ।

बाढीले ११ वटा जलविद्युत् केन्द्रको विद्युत् गृह र नहर बगाउँदा विद्युत् आपुर्ति पूर्णरुपमा बन्द भएको छ ।एक स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, ५ वटा ढलान पुल, १० काठेपुल र दुई विद्यालय बाढीले बगाउँदा समस्या भएको स्थानीयले बताएका छन् । खानपान र बसाइको उचित व्यवस्थापन नहुँदा बालबालिका र वृद्धवृद्धा बिरामी हुने गरेका छन् ।

विभिन्न संस्थाहरुले दिएको राहतले बिहान बेलुकीको छाक टारेको र चिसो सडकमा रात बिताएको नमिठो अनुभव स्थानीयको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ