शैक्षिक गतिविधि बन्द गर्न लमजुङ प्रशासनको निर्देशन

शैक्षिक गतिविधि बन्द गर्न लमजुङ प्रशासनको निर्देशन

lamjung prasasan

लमजुङ प्रशासनले शैक्षिक गतिविधि संचालन नगर्न निर्देशन दिएको छ । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको एक साता नवित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको हो ।

सरकारले जारी गरेको वैकल्पिक सिकाई निर्देशीका अनुसार स्थानीय तहहरुले विद्यालय सञ्चालन शुरु गर्ने निर्णय गरेका थिए ।

तर, आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ ।

विद्यालय क्याम्पस लगायत सबै प्रकारका शैक्षिक संस्था तथा परीक्षा समेत अर्को सुचना जारी नभएसम्म संचालन नगर्ने नगराउने निर्णय नेपाल सरकारबाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको प्रशासनले जनाएको छ ।

लमजुङमा ३ सय ३४ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds