पोखराको तेर्सापट्टीमा निर्माणधीन अपार्टमेन्टका ७ मजदुर सहित २१ जनामा कोरोना पुष्टि

पोखराको तेर्सापट्टीमा निर्माणधीन अपार्टमेन्टका ७ मजदुर सहित २१ जनामा कोरोना पुष्टि

Pokhara viewss

पोखरा – आइतबार पोखराका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको पहिलो अद्यावधिक विवरण अनुसार पोखरा महानगरका ७ वटा वडाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु १५, ८, २०, ३३, १४,३ र १७ नम्वर वडाका छन् ।

क्षयरोग उपचार केम्न्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा १५ का २१ र ३८ वर्षीय पुरुष र २५ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै पोखरा ८ का २६, ३७, २४ र ३८ वर्षीय पुरुष र १९ वर्षीया महिला, पोखरा २० का २३ वर्षीय पुरुष, पोखरा ३३ का १९ वर्षीय पुरुष र २१ वर्षीया महिला, पोखरा १४ का २५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै पोखरा ३ का २०,२४, २३, २२, २८, २३, २०, ३१, २६ र २७ वर्षका पुरुष र २५ वर्षीया महिला र पोखरा १७ का एक २७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमित मध्ये पोखरा ३ का २७ वर्षीय पुरुष र पोखरा १५ का ३८ वर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् भने, पोखरा ३ का ७ जना संक्रमित तेर्सापट्टीमा निर्माणधीन अपार्टमेन्टमा कार्यरत मजदुर हुन् । यस बाहेक अन्य सबै  संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds