काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य ६०० रुपैयाँ प्रतितोलाका दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार कायम मूल्यबाट प्रतितोला ६ सय रुपैयाँका दरले घटेको हो ।
आइतबार छापावाल सुनको मूल्य ९३ हजार ३ सय रुपैयाँ प्रतितोला कायम भएको महासंघले जानकारी दिएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय रुपैयाँ रहेको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ रहेको महासंघले जानकारी दिएको छ ।यसअघि शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको थियो । महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
शुक्रबार कायम मूल्यबाट प्रतितोला १० रुपैयाँका दरले घट्दै चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँ कामय भएको छ । यसअघि शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ रहेको थियो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते