पछिल्लो २४ घण्टामा १२०७ कोरोना संक्रमित थपिए , ८ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा १२०७ कोरोना संक्रमित थपिए , ८ संक्रमितको मृत्यु

corona death

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यी सहित हालसम्म संक्रमित हुनेको संख्या ७१ हजार ८२१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार १४७ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५३ हजार १३ पुगेको छ।

कुल संक्रमितमध्ये निको हुनेको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ।

थप ८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ८ जनाको मृत्यु भएको जानकारी गराएको हो । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।

त्यस्तै बितेको २४ घण्टामा १ हजार २०७ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ ।

आज १ हजार १४७ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५३ हजार १३ जना निको भएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ